१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


पुस्तकालय दिवसका अवसरमा उत्कृष्ट ३ वटा पुस्तकालयलाई सम्मान


0
Shares

‘जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तहः एक नमूना पुस्तकालय’ भन्ने नाराका साथ पुस्तकालय दिवस मनाइएको हो ।

पठन संस्कृति बढाउनका साथै हरेक स्थानीय तहमा पुस्तकालयको स्थापना गराउन प्रवद्र्धन गर्र्दै सामुदायिक र निजी क्षेत्रका पुस्तकालयले विभिन्न कार्यक्रम गरिरहेका छन् ।

दशौं पुस्तकालय दिवस मूल समारोह समितिले पनि काठमाडौंमा एक कार्यक्रम गरेको छ । समितिले काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय परिसरबाट प्रभातफेरी ग¥यो ।

प्रभातफेरी शहरका विभिन्न ठाउँको परिक्रमा गरी रुसी सांस्कृतिक केन्द्रमा आयोजित कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा उत्कृष्ट ३ वटा पुस्तकालयलाई सम्मान गरिएको थियो ।

१८६९ सालमा तत्कालीन राजा गिर्वाणयुद्धविक्रम शाहले दरबार र अन्य क्षेत्रमा रहेका पुस्तकको संरक्षण गर्न पण्डित केदारनाथ झालाई जिम्मेवारी दिएको दिनको स्मरण गर्दै २०६५ साल भदौ १५ गतेदेखि मुलुकमा पुस्तकालय दिवस मनाउन थालिएको हो ।