
राजधानीको पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा अध्ययनरत कवि मायालुको कविता संग्रह बुधबार राष्ट्रिय गानका सर्जक व्याकुल माइलाले विमोचन गरे ।
शंकरदेवकै विद्यार्थी मिलेर आयोजना गरेको विमोचन कार्यक्रममा पत्रकार तथा लेखक सचित राई र कवि प्रोल्लास सिन्धुलीयले उक्त कृति माथि टिप्पणी गर्दै साहित्यिक क्षेत्रमा मायालुले दरिलोसँग उपस्थिति जनाएको धारणा व्यक्त गरे ।
कविता लेखनमा अभ्यास पक्षको चर्चा गर्दै उनीहरूले यसमा ध्यान दिन कविलाई सुझाव दिएका थिए ।
राष्ट्रिय गानका सर्जक माइलाले पनि मायालुले नेपाली साहित्य जगतलाई राम्रो कविता-कृतिदिएको धारणा व्यक्त गरे । यस कृतिमार्फत कविको परिपक्वता देखिएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्