९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


टिक-टक एप्सको नेपालमा लोकप्रियता बढ्दै, विश्वभर झन्डै १० करोड प्रयोगकर्ता


0
Shares

काठमाडौं । युवा वर्गमा अहिले टिक–टक नामक एप्स निकै लोकप्रिय छ ।

१५ सेकेन्डसम्मकोे भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिन्छ  । विश्वभर झन्डै १० करोड भन्दा बढी टिक–टक प्रयोगकर्ता रहेका छन् । 

टिकटक युवा पीढिमा निकै नै लोकप्रिय एप हो । घर–घरमा कलाकार छन् भन्ने कुरा टिक–टक नामक एपले ले प्रमाणित गरिदिएको छ ।

सन् २०१६ देखि चीनबाट सुरु भएको टिकटक विश्वमा निकै लोकप्रिय छ । म्युजिकल्ली नामक एपबाट सुरु यस सोसल एप्लीकेसन सन् २०१८ मा टिकटकले किनेको हो ।

सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको टिकटकमा तन्नेरीहरु बढी झुम्मिने गरेका छन् ।

टिकटक मा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् । जमाना यस्तो आयो अब चर्चा र प्रसिद्धिका लागि कुनै ठूला संचारगृहको साथ जरुरी छैन ।

त्यसो त ठूलो पर्दामा गनिएका कलाकार पनि टिकटकमा अभिनय गर्न रुचाउँछन् । टिकटकमा चर्चित चेहेरा अहिले म्युजिक भिडियो र फिल्ममा समेत देखिन थालेका छन् ।

कुनै गीत हिट भएनभएको संकेत पनि टिकटकले दिन थालेको छ । जुन गीतको टिकटकमा बढी भिडियो बन्यो त्यो गीत त्यति नै लोकप्रिय मानिन्छ ।

तर जति यसको प्रयोगकर्ता बढेका छन् त्यती नै यसले जोखिमसमेत बढाएको छ ।

जो केहीलाई पनि फलो गर्न म्यासेज पढाउन मिल्ने भएका कारण यो साइवर वुलिङ्को अस्त्र समेत बन्न सक्छ । यसतर्फ पनि सचेत हुनै पर्छ ।