
नेपालमै बसेर विदेशका वेभसाइट डेभलपरका रुपमा क्रियाशिल उनी नेपालमा इन्टरनेट र यसका माध्यमबाट अत्याधिक फाइदा लिन सकिने सुझाउँछिन् ।
एफवान इन्टरनेशनल कम्पनीमा रहेर कार्य अनुभव संगालेकी सुलोचनाले यतिबेला सिंगापुरको एउटा प्रोजेक्ट आबद्ध छिन् ।
पिएचपी डेभलपरका क्षेत्रमा नेपालमा पनि राम्रो सम्भावना रहेको सुनाउँछिन् । उनले सफ्टवेयर डेभलपिङ क्षेत्रका केही सम्भावनाहरु हामीलाई सुनाएकी छिन् ।
–पिएचपी डेभलपरको क्षेमा घरमै बसीबसी विश्वभरका कामहरु गर्न सकिने भएकाले नेपालमै बसेर यसमा क्रियाशिल हुन सकिन्छ ।
–अझ महिलाहरुका लागि घरमै बसेर इन्टरनेटको सहायताले प्रोग्रामका कोडिङका कामहरु गर्न सकिन्छ ।
–नेपालमा यस क्षेत्रमा न्यून संख्यामा जनशक्ति भएकाले अवसरका ढोकाहरु प्रशस्त छन् ।
–नेपालका ठूला–साना कम्पनीहरु प्रशस्त खुल्न थालेकाले ती कम्पनीहरुलाई वेभसाइट अनिबार्य भएको छ ।
–नेपालमा धेरै कम्पनीहरु खुल्ने क्रममा रहेकाले पीएचपी डिभलपरको माग अत्याधिक बढेर गएको छ ।
–नेपालका व्यवसायीक घरानाहरुलाई अनिबार्य रुपमा वेभसाइट अनिबार्य भएकाले यस क्षेत्रबाट कामहरु लिन सकिन्छ ।
–वेभ डेभलपिङका क्षेत्रमा काम गर्न सकिदैन भनेर निराश हुनेभन्दा मेहेनत अति आवश्यक छ । प्रतिवद्धता र लगाव अनिबार्य छ ।
–घरमै सफ्टवेयर कम्पनी स्थापित गरेर विश्वभरका कामहरु लिन कुनै कठिन पर्दैन् ।
–
प्रतिक्रिया दिनुहोस्