१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


‘पाइला आफ्नै आफ्नै’ लोकार्पण


0
Shares

साहित्यिक संस्था सारांशले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा नेपाल नाट्य संगीत प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले सो संग्रह लोकार्पण गरे ।

संग्रहमा विभिन्न क्षेत्रमा योगदान गरेका २१ जना समेटिएका छन् । खनाल हिमालय टाइम्स दैनिकमा कार्यरत् छन् ।

रसिकले कुनै समय चर्चामा रहेका तर समयक्रमसँगै ओझेलमा परेका व्यक्तिलाई पुस्तकमार्फत् लेखकले न्याय गरेको बताए ।

उनले पुस्तकमा समेटिएका व्यक्तिहरु परिचित नै भएपनि उनीहरुका बाहिर नआएका व्यक्तित्वमा लेखकले पुस्तकमार्फत् प्रकाश पारेको बताए ।

‘पुस्तक लेख्ने काम आफैंमा जटिल विषय हो,’ रसिकले भने, ‘पुस्तकमा समेटिएका व्यक्ति परिचित भएपनि उनीहरुका बाहिर नआएका विषयलाई लेखकले पुस्तकमार्फत् बाहिर ल्याएका छन् ।’

पुस्तकमाथि टिप्पणी गर्दै हिमालय टाइम्स दैनिकका सम्पादक गोविन्द लुइँटेलले सरल र सबैले बुझ्ने भाषाशैलीमा लेखिएको पुस्तकमा समाजमा योगदान गरेका तर ओझेलमा परेका व्यक्तिहरु समेटिएको बताए ।

‘२१ जना व्यक्तिमाथि लेखिएको पुस्तकको भाषाशैली निकै सरल र सटिक छ, बोधगम्य छ,’ उनले भने, ‘समाजमा योगदान गरेका तर ओझेल परेका व्यक्तिलाई पुस्तकमार्फत् सम्झना गर्ने काम भएको छ ।’

पुस्तकमा वर्णित व्यक्ति छनोटको आधार भने स्पस्ट नभएको उनको भनाइ थियो । पुस्तकको डिजाइनमा हतार गरेकोजस्तो देखिएको उनको टिप्पणी थियो ।

पत्रकार प्रतीक प्रधानले पुस्तक लेखक खनालको लेखकीय शैलीको चर्चा गरेका थिए ।

साहित्यकार श्रीओम रोदनले खनालसँगको आफ्नो सम्बन्धको चर्चा गर्दै ढिलो गरे पनि पठनीय संग्रह आएको बताए ।

यसैगरी, जनार्दन आचार्यले खनालको लेखकीय व्यक्तित्वबारे चर्चा गरेका थिए ।