
तत्कालिन समयमा किन उनले मदिराप्रति यस्तो प्रतिबन्धात्मक बिचार ब्यक्त गरेका होलान ? भन्ने उत्सुकता उत्पन्न हुनु स्वाभाविक मान्न सकिन्छ । तर मदिराको बारेमा दोस्रो भनाईमा यसलाई ‘राक्षसको आहारा हो’ भन्दै पिउन नहुँने बताए पछि उक्त उत्सुकता मेटिन्छ ।
किन कि यो त दानवीय आहार रहेछ त्यसकारण त्यस्तो बिचार ब्यक्त गरेका रहेछन् भन्ने बुझ्न सकिन्छ । त्यसैले हामीले आजको सन्दर्भमा उनको भनाईलाई विचार, विश्लेषण गर्ने हो । त्यसबेलाको हिन्दुस्तान, समग्र अर्थ ब्यबस्था र आजको हिन्दुस्तान बिश्व परिवेशमा धेरै अन्तर भई सकेको छ । त्यसलाई सकारात्मक परिवर्तन मान्नु पर्दछ । केही महिना पहिले यिनै गान्धीको देश भित्रको तमिलनाडुमा बहुराष्ट्रिय कम्पनीको उत्पादन कोकाकोला र पेप्सी जस्ता पेय पदार्थ उत्पादन तथा विक्री बितरण गर्न नै बन्द गर्ने निर्णय गरेको थियो ।
विश्व बजारमा सहजै विक्री बितरण भईरहेको पदार्थको विक्री वितरणमा एक्कासी बन्द हुनुलाई आश्चार्य लाग्नु स्वभाविक पनि हो । तर त्यो निर्णय गान्धीको भावनासंग कता कता मेल खाए जस्तो देखिन्छ । तर बर्तमान बिश्व र तात्कालिन अवस्थाको हिन्दुस्तान र विश्वको सन्दर्भ आकाश जमिनको अन्तर भइ सकेको छ । त्यस कारण पनि गान्धीको त्यो बिचारबाट प्रभावित भएर भनौंं वा समयको आवश्यक्ता भनौ कुनै पदार्थको उत्पादनमा रोक लगाएको मान्न सकिन्छ । तर त्यो रक्सी भने होईन । त्यसैले यस्तो कार्य एकत्वबादी, निरपेक्ष ढंगको जस्तो देखिन्छ ।
यति भनिनिरहँदा ब्यापार क्षेत्रमा जब सन् १९९४ मा ग्याटको अन्त्य गरी विश्व ब्यापार संगठनको स्थापना भयो । तब बस्तु तथा सेवाहरुको अन्तरदेशीय, अन्तरमहादेशीय ब्यापारको सुरुवत भयो । यसले ब्यापार जगतमा नयाँ आयामको सुरुवात गर्यो । यसको मुख्य काम भनेको विकासोन्मुख देशहरुको ब्यापारको प्रवद्र्धन गर्नु, संक्रमणकालीन अर्थ व्यवस्था भएको मुलुकको निर्यात व्यापार बढाउने र आयात व्यापार सुद्रीढ र सहयोग गर्नु हो । यी विकसित योजनाहरुले बिश्व बजारमा उत्पन्न गरेको नयाँ तरंगले सृजना गरेको बिभिन्न अवस्थाहरुलाई हेर्ने हो । नाफा–घाटा के सकारात्मक, के नकारात्मक दुवै खालको ब्यापारको संस्कारको सुरुवात भयो । एकातिर बस्तु तथा सेवाको विनिमय हुने भयो भने अर्को तिर आर्थिक वितरण हुन जाँदा जनताको जीवन माथि प्रभाव पार्ने हुनाले देश र जनतालाई नै फाईदा हुँने देखिन्छ ।
नेपालको सन्दर्भमा रक्सी तथा अन्य मदिराजन्य पदार्थको उत्पादनको सन्दर्भलाई कोट्याउने हो भने औषधिको उत्पादन केन्द्र ४० र रक्सी उत्पादन उद्योग ५० भएको आंकडाले देखाउँछ । उद्योग संचालनको दृष्टिले हेर्दा दुवै उद्योग संचालन हुन राम्रो हो । जसले देशको आर्थिक अवस्था मजबुद गर्नुका साथै जनशक्तिको सदुपयोग हुन गई व्यक्तिको आर्थिक अवस्था राम्रो हुने निश्चित देखिन्छ । उद्योग प्रवद्र्धनको पक्षबाट हेर्ने हो भने औषधि कारखाना धेरै हुँदा सस्तो मुल्यमा किन्न पाउँदा जनतालाई राम्रो हुने थियो । निश्चय नै औषधि उद्योगबाट नै राम्रो हुने देखिन्छ ।
जसको फलस्वरुप पहिलो कुरा रोजगारीको अवस्था सिर्जना गरी दोस्रो जनतालाई रोगी हुनबाट बचाई स्वस्थ हुन मदत गर्न सकिन्छ । झट्ट हेर्दा औषधि उद्योगमा फाईदै–फाईद देखिन्छ । यति हुँदा हुँदै पनि उद्योगीहरु रक्सि उत्पादन गर्न चाहन्छन् । यस्तो किन र कसरी हुन गयो भन्ने सन्दर्भमा केन्द्रित हुने हो भने धेरै कारण छैन त्यो भनेको नै मुनाफा आर्जन गर्न सहजता, जोखिम कम धेरै फाइदा आदी इत्यादी हुन् । यस्ता कारणहरुले गर्दा औषधिको कारखाना भन्दा रक्सी कारखान तिर लागेका हुन् भन्न सकिन्छ ।
उद्योग स्थापनाको सन्दर्भमा केन्द्रित हुने हो भने त समस्या नै समस्या छन् । यसको प्रथम कारण भनेको सरकारको झन्झटिलो नीति नियम नै हो । सरकारको नीति नियम सहज र सरला भईदिएको भए उद्योग, कारखाना स्थापना गर्न सजिलो हुने थियो । एकै मिनेटमा हुने काम पनि भोलि र पर्सीको भाका गर्दै धेरै समय लगाउने र अन्तिम भएपछि नियमावलीले दिंदैन । ‘यो सच्याउनु पर्छ’, ‘त्यो परिवर्तन गर्नुपर्छ’ भन्दै महिनौ लगाइदिने संस्कृति सस्थागत हुनुले सबैभन्दा असहज पारेको छ ।
यतिबेला कर्मचारीले जे भन्यो नेताले पनि त्यहि गर्नाले झन् थप कठिनाइ थपिदिएको छ । यहाँ त सबै अप्ठ्यारो नै अप्ठ्यारो छ । जता पनि घुस मात्र माग्ने कर्मचारी भेटिन थालेको गुनासो आउन थालेको छ । तल्लो स्तरका कर्मचारीहरुदेखि ‘हामीलाई पनि यसो हेर्नुहोस् है’ भन्दै घुस माग्ने कु–संस्कृतीको विकास हुन थालेको छ । नेता सुरुमै ‘कमिसन’ माग्ने, गुण्डा ‘हामीलाई पनि भाग राख्नुहोस है नत्र कारखाना बन्द होला’ भन्दै भाग माग्ने प्रबृत्तिको विकासले आर्थिक उन्नतीमा जटिलताहरु देखिएका छन् । यस्ता खाले संस्कारको विकास गर्नेतर्फ सानातिना स्थानीय संघ सस्था त कति हो कति ? त्यसको गिन्ती नै छैन ।
त्यसकारण कर्मचारी देखि गुण्डासम्मलाई पाल्दै कारखाना चलाउनु भनेको सामान्य कुरा भने होईन । दोस्रो उत्पादन गर्नु भन्दा बिचौलियामुखी व्यापारिक नीति, सरकार उत्पादन भन्दा बढी बिचौलिया केन्द्रित नीति निर्माण बनाउँदैमा ब्यस्त भएपछि उत्पादन सकरात्मक तर्फ उन्मुख हुने भै भएन् । त्यसकारण पनि उद्योग धन्दा, कल कारखाना बन्द हुँदै जानु भनेको युवा जनशक्ती बेरोजगार रहनु पर्ने बाध्यता हो । तेस्रो दलाल र कमिसनतन्त्रमा जकडिएको राज्य ब्यबस्था । राज्य ब्यबस्था नै दलाल र कमिसनतन्त्रमा प्रमुख पात्रको रुपमा उभिएपछि उत्पादन होईन दलाली बढ्ने भयो नै । यस्तै देखिने र नदेखिने धेरै कारणहरुले गर्दा उद्योग धरासायी हुँदै जाने र अन्त्यमा कारखान घाटामा जनलाग्यो भने मालिकले आगो लगाउने प्रवृतिले गर्दा सबै सुन्यको आवस्थामा पुगेका छन् ।
मदिरा उद्योगको बारेमा भन्नु पर्दा सबै फाईदा नै फाईदा । किन भने सबै कुहिएको, सडेगलेको, फोहर र अखाद्यय पदार्थ मिसाएर, जहाँ पनि सजिलै विक्रीगर्न सकिने र सितिमिति नोक्सान नहुने उत्पादन भएको हुनाले उद्योगीहरु रक्सि उद्योगमा आकर्षित भए । यिनै कारणले गर्दा नै औषधि उद्योग भन्दा रक्सी उद्योगतर्फ उद्योगीहरु केन्द्रित भएका हुन् भन्दा उचित हुन्छ ।
अर्थतन्त्रको दृष्टिकोणबाट हेर्ने हो भने बिश्व बजार अर्कै रंग र तरंगले तरंगित छन् । हरेक नागरिक कुनै न कुनै बहानामा मदिरा पिइरहेका छन् । जसले गर्दा पेय पदार्थको खपतमा वृद्धि हुन जाँदा ठुलो मात्रामा रुपैंयाँ संकलन हुन्छ । र त्यस्तो क्रियाकलापले अर्थतन्त्रमा नै ठुलो प्रभाव पर्न सक्छ । जसले गर्दा राजश्व सङ्कलनमा वृद्धि हुन गई राष्ट्रिय आम्दानीमा समेत प्रभाब पर्ने देखिन्छ । पहिलो कुरा राष्ट्रिय आम्दानीमा भएको बृद्धिले राष्ट्रिय ढुकुटी त भर्ने नै भयो । त्यसको सदुपयोग पनि राम्रै ठाउँमा गर्न सकिएला । र राजस्व संकलनको पक्षबाट हेर्ने हो भने मदिराको उत्पादन ठिकै मान्न सकिएला । तर यसको बढ्ता उपभोग गर्नाले समाजमा उत्पन्न हुने बिभिन्न खालको घटना, अपराध र नकरात्मक असरहरुलाई मात्र हेर्ने हो भने यसको उत्पादन गान्धीले बनेको जस्तै बन्दै गर्दा उचित देखिन्थ्यो । तर त्यो पनि आजको समाजमा संभावना देखिंदैन । किनकी यसको संजालले समाजलाई आदिम कालदेखी राम्रै गाँजेको छ भने अहिले झन् त्यसको प्रभाब बढ्दै गईरहेको छ । यस्तो अवस्थामा झ्वाट्ट त्यसलाई हटाउन त्यति सजिलो पनि छैन । किनकी मदिरा समाजको अत्यावश्यक बस्तुको रुपमा स्थापित भै सकेको छ । अर्को तिर अर्थतन्त्रको एक हिस्सा भएको आवस्थामा यसको बन्दै गर्न भने नसकिएला ।
तथापि यदाकदा कुनै निश्चित स्थानमा थोरै समयको लागि बन्दै होला र गर्न पनि सकिएला । यसलाई सकारात्मक अभियानको रुपम लिन सकिन्छ । तर यसको बन्दै हुने सम्भावना भने देखिंदैन । यदि गरिहाल्यो भने पनि त्यसको कालोबजारी हुने सम्भावना झनै बढी देखिन्छ । त्यसकारण देशको अर्थतन्त्रको मेरुदण्ड नै भइसकेको मदिरा उद्योग बन्दै गर्दा देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने सम्भावना त्यतिकै छ । त्यसैले यतिबेला सरकारले मदिरा उद्योगलाई प्राथमिकता दिने की औषधि उद्योगलाई स्थान दिने भन्ने विषय सरकारको प्राथमिकता राखिनु पर्छ ।
(लेखक: नेपाली कांग्रेसका युवा नेता हुन)
प्रतिक्रिया दिनुहोस्