८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सुबिसु क्यान कमटेक भदौ २९ देखि


0
Shares

क्यान महासंघको आयोजनामा हुन लागेको ‘क्यान कमटेक २०१७’ बारे मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी विस्तृत् जानकारी गराइएको हो ।

नेपालमा सूचना तथा सन्चार–प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको क्यान महासंघले जनाएको छ । क्यानले विगत २४ वर्षदेखि यस्तो मेला गर्दै आइरहेको छ ।

प्रदर्शनीमा इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसनस्, इलेक्ट्रोनिक सेक्युरिटी तथा सेफ्टी, हार्डवेयर सेल्स तथा मेन्टिनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्सलगायतका स्टल राखिने जनाइएको छ ।

करिब ९० ओटा अवलोकनकक्ष रहने प्रदर्शनीको ८० प्रतिशत स्टल बुकिङ भइसकेको क्यानले जनाएको छ ।

मेलाले सूचना–प्रविधि क्षेत्रको प्रवद्र्धनमा सहयोग पुर्‍याउने अध्यक्ष विनोद ढकालले बताए ।

मेलाको दुई लाखजनाले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।