८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


‘हत्यारा रोबोट’ माथि प्रतिवन्ध लगाउन राष्ट्रसंघमा अपील


0
Shares

राष्ट्रसंघलाई पत्र लेख्दै उनीहरुले उक्त रोबोट मानव विनाशको कारक बन्ने दाबी गर्दैै रोक लगाउन माग गरेका हुन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विशेषज्ञहरुले उक्त रोबोटको प्रयोग भएमा युद्धमा तेस्रो क्रान्ति हुने चेतावनीसमेत दिएका छन् ।

यसरी किलर रोबोटमाथि प्रतिबन्ध लगाउन माग गर्ने एक सय १६ विशेषज्ञमा अर्बपति एलन मास्क पनि छन् । उनी टेस्लाका सहसंस्थापक र मूख्य कार्यकारी समेत हुन्् । त्यस्तै गूगलका सहसंस्थापक मुस्तफा सुलेमान पनि यो सूचीमा छन् ।

राष्ट्रसंघलाई लेखिएको पत्रमा भनिएको छ, ‘एक पटक यसको विकास भइसकेपछि ठूलो परिमाणमा सशस्त्र युद्ध हुन सक्छ, जो अहिलेसम्म भएको छैन । यो मानवीय सोच भन्दा पनि तेज हुन सक्छ ।’

यस्ता रोबोट आतंकवादीले समेत प्रयोग गर्न सक्ने खतरा पनि पत्रमा औंल्याइएको छ । ‘यो आतंकवादीको हतियार पनि बन्न सक्छ, निर्दोषलाई मार्नका लागि आतंकवादीले यसको प्रयोग गर्न सक्छन्, यसलाई ह्याक गरेर भयावह अवस्था ल्याउन सकिन्छ,’ पत्रमा भनिएको छ ।

उनीहरुले संयुक्त राष्ट्रसंघको हतियारको प्रतिबन्धित सूचीमा यो रोबोटलाई सामेल गर्न पनि माग गरेका छन् ।

राष्ट्रसंघ समूहको बैठक सोमबार बस्ने भनिएको थियो । तर उक्त बैठक नोभेम्बरसम्मका लागि स्थगित भएको छ ।

किलर रोबोट यस्तो हतियार हो जसले लक्ष्यलाई आफैं निशाना बनाएर ध्वस्त पार्न सक्छ । हाल यो अस्तित्वमा आइसकेको छैन । तर यसको प्राविधिक विकास लगभग अन्तिम चरणमा पुगेको बताइएको छ । (एजेन्सी)