
‘स्पार्क इन्टरटेन्टमेन्ट’ नामक संस्थाले गरेको कार्यक्रममा विभिन्न साहित्यकारहरुले गजल वाचन गरेका थिए ।
वरिष्ठ गजलकार ललिजन रावलले मोतीराम भट्टले नेपाली साहित्यमा पुर्याएको योगदानलाई कसैले भुल्न नसक्ने बताए । मोती जयन्तीलाई गजल दिवस भने पनि फरक नपर्ने उनको भनाइ थियो ।
त्यस्तै, अर्का बरिष्ठ गजलकार डा.भोजराज घिमिरेले मोतीराम भट्ट प्रत्येक नेपालीको मनमा रहेको बताए ।
सो अवसरमा संगीतकार शक्ति बल्लभद्वारा रचित गजल संग्रह ‘मोती अञ्जली’ को विमोचनसमेत गरिएको थियो । विभिन्न ९ जना साहित्यकारहरुका गजललाई संगीतसहित एल्बममा समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्