७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


भिखारी संघको अध्यक्षको घरमा रु तीन लाख भेटियो


0
Shares

विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो ।

सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो ।

अधिकांश नोट भिजेको अवस्थामा फेला परेको थियो । सोमध्ये एकहजारको नोट एकलाख नौ हजार बाँकी नोट रु ५०० र १०० को रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मगन्तेका रुपमा मण्डलले सो रकम संकलन गरेका बताइएको छ । अशक्त अवस्थामा रहेको उनले एक्कासि बाढीको पानी घरभित्र प्रवेश गरेपछि सो नोटको बोरा निकाल्न नसकेको अनुमान गरिएको छ । रासस