
स्वामी प्रपन्नाचार्यको दोस्रो पुण्य तिथिको अवसर पारेर आइतबार राजधानीमा गरिएको कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले स्मृतिग्रन्थ विमोचन गरेका हुन् ।
स्मृतिग्रन्थमा स्वामी प्रपन्नाचार्यका लेखहरु समावेश गरिएको छ । स्मृतिग्रन्थमा संस्कृत, नेपाली लगायतका ३ वटा भाषालाई प्राथमिकता दिइएको छ ।
कार्यक्रममा पुस्तक लेखनमा सहयोग पुर्याउने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । पुस्तक बिक्रीबाट उठेको रकम स्वामी प्रपन्नाचार्यका अन्य कृतिहरु प्रकाशनका लागि प्रयोग गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्