
१३ औं त्रिमूर्ति दिवसको अवसरमा काठमाडौंमा शनिबार (आज) गरिएको कार्यक्रममा साहित्य क्षेत्रमा योगदान पुर्याएकामा पाँचजना स्रष्टालाई पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेमा छन्दकवि तथा महाकाव्यकार आर.डी प्रभास चटौत, नेपाली भाषाको चलचित्रका प्रथम अभिनेत्री भुवन थापा, कवि तुलसी दिवस रहेका छन् । उनीहरु सबैलाई वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले पुरस्कृत गरेका हुन् ।
उनीहरुलाई जनही ५० हजार रुपैयाँ पनि प्रदान गरियो ।
यसैगरी, यादव भट्टराईलाई ‘त्रिमूर्ति पुरस्कार’ र ललिता दोषीलाई ‘त्रिमूर्ति पदक’ र नगद २५ हजार रुपैयाँ प्रदान गरियो । यसै अवसरमा विभिन्न विधामा लेखिएको ११ ओटा कृतिको पनि विमोचन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्