
सिन्ह्वाद्वारा बुधबार (हिजो) जारी ‘स्पार्क’ नाम गरेको ‘मिडिया शोे’मा ‘भारतको सात पापहरु’ (सेभेन सिन्स् अफ इन्डिया) शिर्षक राखेर भारतको मजाक उडाएका हो ।
अहिले इन्टरनेटमा भाइरल बनिरहेको उक्त भिडियोवारे चिनियाँ विशेषज्ञहरुले भारत–चीन सीमा विवादमा अन्तर्राष्ट्रिय दृष्टिकोण बाहिर आउन् भनेर ‘मिडिया शो’ सन्चालन गरिएकोे बताएका छन् ।
#TheSpark: 7 Sins of India. It’s time for India to confess its SEVEN SINS. pic.twitter.com/vb9lQ40VPH
— China Xinhua News (@XHNews) August 16, 2017
भर्खरै सुरु गरिएको उक्त ‘शो’को पहिलो भागमा भारत–चीन सीमा विवादका बारेमा विश्लेषण गरिएको र दोश्रो ‘शो’मा भारतको मजाक गर्दे उसले गरेको ‘सात पाप’बारे उल्लेख गरिएको हो ।
उक्त भिडियोमा एकजना चिनियाँ युवतीले भारतीय शिख समुदायको पहिरन लगाएर भारतीय लवजमै भारतको खिल्लि उडाएकी छन् । ती युवतीले डोकलम सीमा विवादसँग जोडिएको विषयमा कुराकानी गरेकी छन् ।
उक्त भिडियोमा भारतले अन्तर्राष्ट्रिय कानुनको तोडेको, आफ्नो अवैध कामको लागि आँखामा धुलो हाल्ने बहाना खोजिरहेको आरोप लगाइएको छ । भुटानको प्रतिनिधित्व स्वरुप अर्का एकजना युवकपनि कार्यक्रममा सामेल छन् र दुबैको कुराकानीमा भारत हिमालय देशहरुमा दादगिरी गरिरहेको बताइएको छ ।
अंगे्रजी भाषामा सार्वजनिक भएको उक्त भिडियोलाई लिएर भारतीय सन्चारमाध्यमहरुले चीनले प्रोपोगान्डको शैली अपनाएको आरोप लागाएका छन् ।
त्यस्तै, भारतीय नागरिकले सामाजिक सन्जालमार्फत आक्रोस पोख्दै चीनको रबैयाप्रति हैरान भएको भावनाहरु ब्यक्त गरिएको ‘बीबीसी‘ले उल्लेख गरेको छ । भारतीयहरुले यस कार्यक्रमलाई चीनको नश्लवादी सोचसमेत भनेका छन् ।
भारतले गरेको ‘सात पाप’हरु के–के छन् त ? भिडियो हेरौँ…
प्रतिक्रिया दिनुहोस्