
कटहरी गाउँपालिका–४ नयाँ बजारका सुतन डुडुले गाउँका १० जना युवासँग मिलेर जेनेरेटर भाडामा लिएर तीन दिनदेखि विद्युतीय उपकरण चार्ज गर्ने व्यवस्था मिलाइदिएका हुन् ।
जेनेरेटरको सहायतामा विद्युतीय उपकरण चार्ज गर्नेको भिड लागेको छ । रंगेली, कटहरीलगायतका स्थानका सर्वसाधारण जेनेरेटर मार्फत अति आवश्यकीय उपकरण मोबाइल, सिटी सफारीको ब्याट्री चार्ज गर्नपुग्ने गरेका छन् ।
विद्युतीय उपकरण चार्ज गरे वापत मोबाइल धनीबाट शुल्क लिने गरिएको छ । मोवाइल चार्ज गरे वापत एक पटकमा २० रुपैयाँ र सिटी सफारीको व्याट्री चार्ज गरेवापत ६ सय रुपैयाँ लिने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्