१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


राजनीतिज्ञ चन्द्रदेव जोशीको ‘यात्रा : आफ्नै आँगनको’ प्रयोगात्मक काव्य विमोचित


0
Shares

बुधबार राजधानीमा भएको कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले काव्य विमोचन गरेका छन् ।

पुस्तक लोकार्पण गर्दै राष्ट्रकवि घिमिरेले साहित्यको माध्यमबाट पनि समाजमा धेरै सन्देश प्रवाह गर्न सकिने बताए ।

पुस्तकमा जोशीको राजनीतिक तथा साहित्यिक यात्राका साथै जीवनमा भोगेका आरोह–अवरोह समेटिएको छ ।

यो पुस्तक ३० वर्षअघि नै लेखेको भन्दै लेखक जोशीले अहिलेपनि सान्दर्भिक नै रहने विश्वास व्यक्त गरे ।

जोशीले आफ्नो साहित्यिक यात्रा २०३६ सालदेखि सुरु भएको पनि बताए । लेखक जोशी नेकपा संयुक्तका अध्यक्षसमेत हुन् ।