६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


चीनको ‘खुर्सानी महोत्सव’मा सु बने ‘खुर्सानी राजा’


0
Shares

चीनको हुनान प्रान्तस्थित निंगसियांग शहरमा आयोजित महोत्सवमा सु नाम गरेको युवकले ६० सेकेण्डमा १५ ओटा खुर्सानी खाएर पहिलो भएपछि उनी ‘खुसार्नी राजा’ (चिल्लि किंग) बनेका हुन् ।

चिनियाँ सरकारी सन्चारमाध्यम ‘ग्लोबल टाइम्स‘का अनुसार प्रत्येक प्रतियोगीले अत्यन्तै पिरो मानिने ‘खुर्सानीको राजा’ नामले चिनिने खुर्सानी र पानी मिसिएको ठूलो भाँडोभित्र बसेर उक्त खुर्सानी खानुपर्ने हुन्छ ।

उक्त प्रतियोगीतामा अत्यन्तै पिरो पानीमा बसेर खुर्सानी खानुपर्ने भएकोले प्रतियोगीहरुको पेटभित्रमात्र नभई बाहिरी शरीरका संवेदनशील अंगहरु आँखा, कान लगायत गुप्तांगहरुसमेत पोल्ने गर्दछ ।

प्रतियोगीतामा भाग लिने ब्यक्तिहरु आरामको लागि बरफभित्र पस्ने र कतिपयलाई अस्पतालसमेत भर्ना गर्नुपर्ने अवस्था आउने बताइएको छ ।