
रविन भट्टराई (इमेज)
बिर्तामोड, असार १८ । भत्किएका सडक र थुनिएका ढल समयमा मर्मत नहुँदा झापाको बिर्तामोडसहित मुख्य बजारहरु सामान्य वर्षामासमेत डुब्न थालेका छन् ।
आइतबार रातिदेखिको वर्षापछि सडकबाट नै ढलको पानी बग्दा सडक जलमग्न भएका छन् ।
सडकमा ठूला खाल्डा परी पानी जम्दा स्थानीयलाई हिँडडुल गर्न र सवारी–साधनसमेत सन्चालन गर्न समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।
बिर्तामोडको मुक्तिचोकदेखि बिर्ताबजारसम्मका अधिकांश घरको भुइँतलामा ढलको पानी पसेको छ ।
प्रतिक्रिया दिनुहोस्