१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


‘लकडाउन’ उल्लंघन गर्नेमाथि बल प्रयोग गर्ने तयारी


299
Shares

काठमाडौं, चैत २५ । ‘लकडाउन’ उल्लंघन गर्नेमाथि बल प्रयोग गर्ने चेतावनी काठमाडौं जिल्ला प्रशासनले दिएको छ ।

यही चैत ११ गतेदेखि लागू भएको लकडाउनका क्रममा केही व्यक्तिहरु बिनाकाममा घरबाट निस्कने, घुम्ने र साथीभाइ भेट्नेक्रम नरोकिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले बल प्रयोग गर्ने चेतावनी दिएको हो ।

मंगलबार हामीसित कुरा गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले लकडाउन उल्लंघन गर्नेमाथि बल प्रयोग गर्ने तयारी भएको जानकारी दिए ।

सरकारले देशभरका प्रमख जिल्ला अधिकारीहरुलाई लकडाउन कार्यान्वयनमा कडाइ गर्न आदेश दिएको भन्दै उनले अब चुप लागेर नबस्ने बताए ।

हाल लकडाउन उल्लंघन गर्ने सर्वसाधारणलाई केही घन्टा उभ्याएर छाड्ने गरिएको छ ।