१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


‘कल्पवृक्ष’को अंग्रेजी संस्करण सार्वजनिक


0
Shares

बानेश्वर, भिमसेनगोलास्थित श्री सत्यसाई केन्द्रमा नियमित भजन तथा सत्सङग समारोहमा पुस्तक सार्वजनिक गर्दै पूर्वमन्त्री महेश आचार्यले लेखकले साईबाबालाई कल्पवृक्षका रुपमा चित्रित गरेको उल्लेख गर्दै प्रस्तुत पुस्तक हरेक उमेर र वर्गका व्यक्तिहरुका लागि प्रेरणादायी भएको बताए ।

कार्यक्रममा पुस्तकका लेखक जनार्दन आचार्यले साईलिला समेटिएको संस्मरणात्मक पुस्तक कल्पवृक्ष सन् २०१० मा प्रकाशित भएकोमा अंग्रेजी संस्करणको पनि माग भएकोले सात वर्षपछि अंग्रेजी संस्करण प्रकाशन गरेको बताए ।

कल्पवृक्षको अंग्रेजी संस्करणको सम्पादन मुकुन्द अर्यालले गरेका हुन् भने स्नेहा शर्माले अंग्रेजी भाषामा अनुवाद गरेकी हुन् ।