२७ असार २०८२, शुक्रबार | Sat Jul 12 2025


पूर्वी नवलपरासीमा नदीहरुबाट ढुंगा, बालुवाको चोरी–निकासी बढ्यो


13
Shares

हरि शर्मा (इमेज)

नवलपरासी, साउन २१ । पूर्वी नवलपरासीमा नदीजन्य पदार्थको चोरीकार्य बढेको छ ।

साउनदेखि खोलाहरुको ठेक्का अवधि समाप्ती भएसँगै ढुंगा, बालुवाको चोरीकार्य बढेको हो ।

अरु समयभन्दा पानी परेकाबेला ट्याक्टरहरु खोलामा जाने र चोरी गर्ने गरेको पाइएको छ ।

त्यसरी चोरी गरेर ल्याइएका नदीजन्य पदार्थहरु क्रसर उद्योगहरुमासमेत पुर्‍याउने गरेको स्थानीयको भनाइ छ ।

पछिल्लोपटक कावासोतीको केरुङे, देवचुलीको मुकुन्डे र बहुलाखोला, हुप्सेकोटको पत्थरखोला, विनयी–त्रिवेणीको विनयी, मध्यविन्दु र हुप्सेकोटमा पर्ने गिरुवारीलगायतका खोलाहरुबाट दैनिक ढुंगा, बालुवाको चोरी बढेको हो ।

एउटा खोलाबाट दैनिक १५ देखि २० ट्याक्टरसम्म नदीजन्य पदार्थको चोरी हुने गरेको स्थानीयवासीले बताएका छन् ।

अहिले नदीजन्य पदार्थको सम्पूर्ण व्यवस्थापनसहितको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ ।

प्रहरी प्रशासनको उदासीनताका कारण चोरीकार्य नरोकिएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् ।