Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


बाँकेमा भेलले बगाउँदा चारजनाको मृत्यु


0
Shares

नेपालगन्ज, असार १८ । विभिन्न खोला र नहरमा आएको भेलले बगाउँदा बाँकेमा चारजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङकाअनुसार मृत्यु हुनेमा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा, सोही गाउँपालिका–५ का ३५ वर्षीय लोकबहादुर सुनार, कोहलपुर नगरपालिका–४ का चार वर्षीय रञ्जीत पासी र डुडुवा गाउँपालिका–२ का चार वर्षीया रिमादेवी यादव छन् ।

जिल्ला दैवी विपद् व्यवस्थापन समितिले वर्षाको स्थितिको आँकलन गर्दै समितिअन्तर्गत्का विभिन्न समूहलाई उद्धार तथा राहतका काममा परिचालन गरिसकेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । रासस