८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


‘दा भिन्सि कोड्स’को रहस्य खुल्यो, चर्चित चित्र मोनालिसाको रहस्य ‘एलियन’! (भिडियो)


0
Shares

भिन्सिको कैयौँ शताब्दि अघिदेखि चर्चीत तस्वीर ‘मोनालिसा’ र सेन्ट जोन द बप्तिस्टा चित्रमा उनले गोप्य रुपमा एलियन (युएफओ)को ‘सन्त’(प्रिस्ट)को चित्र बनाएको रहस्य खुलेको ‘द सन’ले उल्लेख गरेको छ ।

‘द सन’का अनुसार ‘प्यारानर्मल क्रुसिबल’द्वारा जारी गरिएको एक भिडियोमा लियोनार्दो दा भिन्सिका हरेक चित्रहरु रहस्यमय रहेको र उक्त रहस्यमय चित्रहरुमा एलियन (युएफओ)को ‘सन्त’(प्रिस्ट)को चित्र रहेको दाबी गरिएको छ ।

उक्त भिडियोमा दा भिन्सिले आफ्ना चित्रहरुमा एलियन (युएफओ)को सम्बन्धी धेरै रहस्यमय कोड्सहरुमार्फत संदेश दिएका बताइएको छ ।

एलियन (युएफओ)को सम्बन्धि धेरै रहस्यमय कोड्सहरु ‘मोनलिसा’को चित्रमा मात्र नभई ‘सेन्ट जोन द बप्तिस्टा’को तस्वीरमा समेत देखिएको छ ।

‘प्यारानर्मल क्रुसिबल’ले भनेको छ, ‘मोनालिसा र सेन्ट जोन द बप्तिस्टाको तस्वीरमध्ये एक तस्वीरलाई ऐनामा दुईओटा बनाई विशेष प्रकाश परार्वतनमार्फत हेर्दा एक सिंगो एलियनको मुख्य ‘सन्त’ जस्तो आकृति देख्न सकिन्छ ।’

यस खबर बाहिर आएपछि के त्यतिबेला नै एलियनवारे खोज भएको थियो वा साँच्चिकै एलियनसँग नै दा भिन्सिको भेट भएको थियो भन्ने प्रश्न तेर्सिएको षडयन्त्रकारी सिद्धान्तकार (कन्स्पेरेन्सी थ्यौरीष्ट)हरुले बताएका छन् ।

भिडियो हेर्नुस्