१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


चक्रपाणि नेपालको ‘नागबेली’ सार्वजनिक


0
Shares

नेपालको झन्डै पाँच दशक लामो पत्रकारिताकाक्रममा लेखिएका अनुसन्धान एवं खोजमुलक लेखहरु पुस्तकमा समावेश गरिएका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसाल र नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले संयुक्तरुपमा पुस्तकको विमोचन गरेका हुन् ।

सो अवसरमा लेखक नेपालले पत्रकारिताको दौरानमा नेपालका विभिन्न भागको भ्रमण गर्दा देखे–भोगेका विषयहरुलाई लेखकोरुपमा प्रकाशित गरेको बताए ।

कार्यक्रममा इतिहासविद् डा. रमेश ढुंगेल, डा. सुरेन्द्र केसी, वरिष्ठ कवि तथा समालोचक श्यामल र सन्चारकर्मीहरुले पत्रकार नेपालको पत्रकारिता र पुस्तकका विषयमा चर्चा गरेका थिए ।

प्रिमियर प्रिन्टले पुस्तक प्रकाशन गरेको हो ।

*सच्याइएको । चक्रपाणि नेपाल हुनुपर्ने ठाउँमा यसअघि अन्यथा पर्नगएकाले क्षमायाचनासहित सच्याइएको छ–सम्पादक ।