१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


‘पोएट्री पटरी’ को सुन्ने र सुनाउने श्रृङ्खलामा रंगकर्मी


0
Shares

थिएटर मल नाटकघरविहिन भएपछि गरिएको पहिलो कार्यक्रम ‘पोयट्री पटरीः सुन्ने र सुनाउने श्रृङ्खला’मा उनीहरु कविता बोकेर प्रस्तुत भएका हुन् ।

थिएटर मलको अस्थायी नया“ स्थान रविभवनस्थित रातो घरको डबलीमा उनीहरुले कवि भन्दा पनि रङ्गकर्मीकै रुपमा कविता सुनाएका हुन् ।

‘रङ्गकर्मीहरु कविता सुन्न र पढ्न असाध्यै रुचाउछन्, धेरै रङ्गकर्मीहरु कविता लेख्छन् र लेख्ने प्रयत्न गर्छन्’ भन्दै थिएटर मलले ‘पोयट्री पटरी’ को पहिलो श्रृङ्खलामा ‘रङ्गकर्मीका कविता’ गरेको हो ।

जसमा लामो समयदेखि नेपाली रङ्गमञ्चमा सक्रियदेखि पछिल्लो समय आवद्ध भएका रङ्गकर्मीहरु सहभागी थिए ।

तीन जना स्थापित कविहरुलाई अतिथि कविको रुपमा साक्षी राखेर गरिएको कार्यक्रममा ३० जना रङ्गकर्मीले कविता वाचन गरेका थिए ।

अतिथि कविका रुपमा लक्ष्मी माली, विप्लव प्रतीक र स्नेह सायमीले पनि आफ्ना कविता सुनाएका थिए ।

उनीहरुले रङ्गकर्मीका कवितामा सामाजिक, राजनीतिक चेतनाले भरिएको भन्दै शैली र प्रस्तुतिमा पनि कविताकै पूर्ण रङ्ग रहेको औंल्याए ।

यसै क्रममा कवि सायमीले ठट्टाको लयमा भने, ‘रङ्गकर्मीहरुको कविता सुनेर अब स्थापित कविहरु चनाखो हुनुपर्छ ।’

वाचनका क्रमका सामान्य नियम जानकारी गराई कुनै उद्घोषण विना ‘पोयट्री पटरी’ सुरु भएको थियो ।

आफ्नो वाचनपछि ‘पटरी’मा रहेको नाम टिप्दै गोलाप्रथाबाट पछिल्लो कविको नाम उद्घोष गरिने नियम आयोजकले राखेको थियो ।

‘पोयट्री पटरीः रङ्गकर्मीका कविता’मा कमलमणी नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, केदार श्रेष्ठ, सोमनाथ खनाल, राम केएसी, पुरु लम्साल, टिकाभक्त जिरेल, आधा सुर, सञ्जिता सञ्जी, चे शंकर, राज शाह, लक्ष्मी वर्देवा, अंकित खड्का, जीवन भट्टराई, प्रकाश दाहाल, शुभम गणेश पौडेल, रामशरण रेग्मी, इगी होपो सुनुवार, प्रकु पाण्डेय, भूमिका चौधरी, प्रतीक दुलाल, राजिन पनेरु, प्रशुन सिन्धुलीय, सन्दीप पौडेल, अनुप न्यौपाने लगायतका रङ्गकर्मीले कविता सुनाएका थिए ।

‘पोयट्री पटरी’लाई नियमित रुपमा आयोजा गर्ने थिएटर मलले जनाएको छ । कविता लेख्न सुरु गरेका नया“ पुस्ताले कविता सुनाउन चाहेकोले आगामी ‘पोयट्री पटरीः भु“इमान्छेका कविता’ आयोजना गरिनेछ ।