
म्याग्दीका धामी–झाँक्रीले आफूकहाँ आउने बिरामीलाई सम्झाइ–बुझाइ गरेर स्वास्थ्य संस्थामा पठाउन थालेका छन् ।
यसअघि, आफैंले रोग निको पार्ने दाबी गर्ने उनीहरुले पछिल्लो समय भने गम्भीर रोगका बिरामीलाईमात्र होइन झारफुकका लागि आफूकहाँ आउने सबै बिरामीलाई स्वास्थ्य संस्थामा पठाउन थालेका हुन् ।
आफूले जानेको गर्ने तर जोखिम मोलेर उपचार नगर्ने उनीहरु बताउँछन् ।
घरमा आएकालाई आफूले सामान्य झारफुक गर्ने र अस्पताल जान सल्लाह दिने गरेको म्याग्दीका धामीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्