
राजधानीमा आयोजित एक कार्यक्रममा पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले ‘यात्री वाङ्मय पुरस्कार’ र ‘विद्यापदक पुरस्कार’ले सम्मान गरेको हो ।
जोशीलाई कदर पत्रसहित ५१ हजार नगद र सुवेदीलाई ५ हजार नगदसहित दुबै जनालाई पूर्व प्रधानमन्त्री माधव नेपालले सम्मानित गरेका हुन् ।
नेता नेपालले देश समृद्ध भएमात्र साहित्य पनि समृद्ध हुने भन्दै देशको आर्थिक–सामाजिक विकासमा टेवा पुर्याउने कर्ममा लाग्न सबै साहित्य तथा कलाकर्मीलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्