
नेपाल बाल साहित्य समाजका अध्यक्ष तेजप्रकाश श्रेष्ठ र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्यसचिव गीता केशरीले सो संग्रह सार्वजनिक गरेका हुन् ।
१३ वर्ष उमेर प्रवेश गरेको अवसरमा नेपालले निकालेको संग्रहमा कवितासंँग मिल्दो चित्र पनि छन् । ऐरावती प्रकाशनद्वारा प्रकाशित संग्रहमा बालोरी, सवाई र झ्याउरे लयमा लेखिएका १६ कविता छन् ।
सो अवसरमा समाजका अध्यक्ष श्रेष्ठले बालकविले आँफूमा भएको प्रतिभा देखाएर बालसाहित्यमा कोसेढुंगा स्थापना गरेको बताउँदै उनीजस्तै अन्य बालबालिकाले पनि आफूमा भएको प्रतिभा देखाउनुपर्ने बताए ।
संग्रहमाथि समीक्षा गर्दै डा.रामप्रसाद ज्ञवालीले कविले उमेरभन्दा पनि स्तरीय कविता लेखेको बताए ।
अर्का समीक्षक विज्ञता कार्कीले संग्रहमा बालपुस्तालाई प्रेरणा दिने खालका कविता रहेको टिप्पणी गर्दै प्रकाशन गृहहरुले बालबालिकाका साहित्यिक कृति आफैँ खोजेर प्रकाशन गर्नुपर्ने र तिनलाई साहित्यक कृति खरिद गर्दा ५० प्रतिशत छुट दिनुपर्ने माग गरे । रासस
प्रतिक्रिया दिनुहोस्