
काठमाडौं, माघ १५ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा मंगलबारदेखि काठमाडौंमा ‘सुबिसु क्यान इन्फोटेक २०१९’ सुरु भएको छ ।
मेलाको सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गरे ।
सूचना–प्रविधिसम्बन्धी जानकारी दिन र यस क्षेत्रको प्रवद्र्धनका लागि महासंघले वर्षेनि यस्तो मेला गर्दै आएको छ ।
मेलामा सूचना तथा सन्चार क्षेत्रका विज्ञ तथा जनशक्ति सहभागी भएको महासंघले जनाएको छ ।
मेलामा नयाँ सफ्टवेयर तथा सूचना–प्रविधिसम्बन्धी सामग्रीहरु राखिएका छन् ।
मेला यही माघ २० गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्