१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


महाकाव्य ‘रापती’ सार्वजनिक


0
Shares

राप्तीका विकट जिल्लामा आधारित सो कृतिमा पश्चिम नेपालको प्राकृतिक सम्पदा, सामाजिक तथा भौगोलिक परिवेशका साथै ऐतिहासिक पक्ष समेटिएको छ ।

मिडिया स्कूलद्वारा आयोजित लोकार्पण कार्यक्रममा लेखककी आमा भैरवी र प्रकाशक संगीता न्यौपानेकी आमा सावित्री ढुंगेलले संयुक्त रुपमा कृति लोकार्पण गरेका हुन् ।

पेशाले निजामती कर्मचारी न्यौपानेको यो १४ औं कृति हो । कवि रमेश खकुरेल, समीक्षक ज्ञाननिष्ठ ज्ञवाली, सुरेश सत्याल, पं.चेतोनाथ शर्मा र पेक्षा लम्सालले कृतिमाथि चर्चा गरेका थिए । रासस