१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


‘भक्तपुरमा ७०, काठमाडौंमा ६० प्रतिशत मानिसले प्रयोग गर्ने खानेपानीमा किटाणु भेटियो’


0
Shares

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं र वातावरण जनस्वास्थ्य संस्थाले संयुक्तरुपमा काठमाडौं, भक्तपुर र ललितपुरका वासिन्दाले प्रयोग गर्ने खानेपानीबारे गरेको अध्ययनले यस्तो देखाएको हो ।

जसमा काठमाडौं जिल्लामा ६० प्रतिशत र ललितपुर जिल्लाका ५३ प्रतिशत मानिसले प्रयोग गर्ने खानेपानीमा किटाणु पाइएको हो ।

गर्मीयाममा खानेपानीका कारण विभिन्न रोगहरु देखिने खतरा बढेकाले खानेपानीको अध्ययन गरेको जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

यस्तै, काठमाडौं, भक्तपुर र ललितपुरका १७ अस्पतालमा दिनमा २५ जना खानेपानीका कारण बिरामी परेकाहरु आउने गरेको पनि अध्ययनले देखाएको छ ।