
कार्यक्रममा सहभागी साहित्यकारहरुले भानुभक्तकै कारण नेपाली भाषाले उजागर हुने मौका पाएको बताए ।
रामायण जस्तो गर्विलो कृति दिएर भानुभक्तले भाषा–साहित्यमा योगदान पुर्याएको उनीहरुको भनाइ थियो ।
बिहीबारै अर्गनाइजेसन अफ प्राइभेट स्कुलले पनि भानुजयन्तीको अवसरमा राजधानीमा कविता महोसत्व आयोजना गरेको छ ।
वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका सहभागीहरुले नेपाली भाषा तथा साहित्यमा भानुभक्तको योगदानको चर्चा पनि गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्