
भानुभक्तको जन्मस्थल चुँदी रम्घामा विविध कार्यक्रम गरी भानुभक्तको जन्मजयन्ती मनाइएको हो ।
कार्यक्रममा तनहुँका विभिन्न संघ संस्थाले भानुभक्तलाई स्मरण गरेका छन ।
आदिकवी भानुभक्त आर्चायको प्रेरणाको स्रोत रहेको घासीको स्मरणमा बनाइएको भानु घासी पार्कमा आज विविध कार्यक्रमको आयोजनासमेत गरियो ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुले भानुभक्तिय रचना वाचन गरेका थिए ।
कार्यक्रममा व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले नेपाली भाषालाई अगाडि बढाउन आदिकवी आचार्यले पुर्याएको योगदानको स्मरण गर्दै मानिस धनी, सम्पन्न र विद्वान भएर मात्रै समाजको दुष्टिकोण बदल्न नसक्ने बताए ।
भानु शिखर कोटेरी गुरुयोजना समयमा सम्पन्न गरी चुँदी रम्घालाई साहित्यक पर्यटकीय केन्द्र बनाउन स्थानीयले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्