
प्रसंग हो– जर्मन चान्सलर एङ्गेला मर्केल र उनका पति जोखाचिम सौअरको ।
मर्केल विश्वकै शक्तिशाली महिला मानिन्छिन् । उनी पहिलो पटक सन् २००५ मा जर्मनीको सत्तामा पुगेकी हुन् । त्यसयता उनले विश्वमा प्रसिद्धी कमाएकी छन् । विश्वका शक्ति सम्पन्न राष्ट्रका नेताहरुसँग उनको भेटवार्ता भइरहन्छ । विश्व शान्तिका लागि हुने जस्तोसूकै कदममा विभिन्न मुलुकले उनको साथ र समर्थन चाहन्छन् ।
उनै मर्केलका पति जोखाचिम भने यी सब विषयको गम्भीरता र चासोबाट टाढा कतै गुमनाम बसेका हुन्छन् । यहाँसम्म कि जोखाचिमले आफ्नी पत्नी जर्मनीको चान्सलर बनेपछि आयोजित सपथ ग्रहण समारोहमा समेत सहभागिता जनाएनन् । बरु उनले घरमै एउटा कोठामा बसेर टेलिभिजनबाट उक्त दृष्य हेरे ।
पेसाले जोखाचिम प्रोफेसर हुन् । जर्मन चान्सलर मर्केलसँग उनको दाम्पत्य जीवनमा कुनै मतमुटाव छैन । तर उनी राजनीति, सत्ता र सुविधाको दुनियाँमा रम्न चाहँदैनन् ।
कयौं मुलुकका प्रथम महिला आफ्नो पतिका साथ सार्वजनिक कार्यक्रममा सहभागी हुन्छन् । तर जर्मनका प्रथम पुरुष अर्थात् जोखाचिम भने पत्नीका साथ त्यसरी सार्वजनिक कार्यक्रममा सहभागी हुन समेत रुचाउँदैनन् ।
एक दशक यता जोखाचिम आफ्नी पत्नीका साथ केही सार्वजनिक कार्यक्रममा मात्र सहभागी भएका छन्, त्यो पनि निकै दबाबका कारणमात्र ।
गत मे महिनामा उनी पत्नी मर्केलका साथ इटलीको ताओरमिनामा आयोजित जी–७ सम्मेलनमा सहभागी भएका थिए । उनी संचारमाध्यममा आउन पनि पटक्कै रुचाउँदैनन् ।
हालै सम्पन्न जी–२० सम्मेलनमा पनि जोखाचिम आक्कलझुक्कल मात्र देखिए । मिडियाले उनको मुखबाट अहिलेसम्म पारिवारिक तथा नीजि जीवनका बारेमा कुरा फुत्काउन सकेको छैन ।
पत्नी विश्वकै शक्तिशाली महिला भए पनि उनी विश्वविद्यालयमा पढाउँछन् । उनको नीजि जीवनमा पत्नीको पद र प्रतिष्ठाले कुनै असर गरेको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्