११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


‘मदन पुरस्कार–२०७३’का लागि ९ ओटा कृति मनोनयनमा


0
Shares

मदन पुरस्कार गुठीद्वारा आइतबार (आज) जारि प्रेस विज्ञप्तिअनुसार मदन पुरस्कारका निम्ति प्राप्त कुल १९५ पुस्तकमध्येबाट ‘श्रेष्ठ सूची’ छनौट गर्नका लागि गठित समितिबाट नौ पुस्तक मनोनयनमा परेका हुन् ।

मनोनयनमा परेका कृतिहरुमा इतिहास, उपन्यास, नियात्रा, खण्डकाब्य, कथा र कविता रहेका छन् ।

मनोनयनमा परेका कृतिमध्येबाट सर्वश्रेष्ठ एक कृतिलाई २०७३ सालको ‘मदन पुरस्कार’बाट सम्मानित गरिनेछ ।

मनोनयनमा परेका कृति

१) गुहा, गुहालेख, गुहाचित्र एबं अन्य सम्पदा (इतिहास) – पुरुषोत्तमलोचन श्रेष्ठ
२) छाउघर (उपन्यास)  –राज सरगम
३) तपन (उपन्यास)  –शरद पौडेल
४) दोहाको सिधा उडान (नियात्रा) – जय छाङ्छा
५) धृतराष्ट्र (खण्डकाब्य)  –घनश्याम कँडेल
६) प्रतिनायक (कथा) –हरि अधिकारी
७) म स्त्री अर्थात आइमाई (कविता)  –सीमा आभास
८) शुक्रराज शास्त्रीको चस्मा (कथा)  –राजेन्द्र पराजुली
९) सगरमाथाको गहिराई (कविता)  – नवराज पराजुली