
वालबिकास एन्सीमासले आयोजना गरेको उक्त प्रतियोगितामा अद्धितिय स्कुल बनस्थलीकी रिया धिताल दोस्रो र बिद्या बिकास बोर्डिङ स्कुल लमजुङकी कृष्टिना घिमिरे तेस्रो भएकी छिन् ।
प्रतियोगिताको जुनियरतर्फ गोल्डेन फ्युचर एकेडेमीका साजन मजाकोटी पहिलो, नोभेल एकेडेमी भक्तपुरका स्पर्श काफ्ले दोस्रो र वालज्योति स्कुल लमजुङकी ग्रीस्मा दवाडी तेस्रो भएकी छिन् ।
सिनियर र जुनियरतर्फका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ५० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा देशभरबाट बिद्यालय तहका १० हजार बिद्यार्थी सहभागी थिए ।
नेपालमा अक्षर लेखन शैलीको स्तर बृद्धिको प्रयास स्वरुप बाल बिकास एन्सीमासले करिव १ बर्ष लगाएर भरखरै अक्षर लेखन प्रतियोगिता सम्पन्न गरेको हो ।
बिद्यार्थीलाई आकर्षक अक्षर लेख्न प्रेरणा दिन, लेखन शैली अन्तर्रा्ष्ट्रिय स्तरको बनाउन र अक्षरमा एकरुपता ल्याउने उद्देश्यले अक्षर लेखन प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ ।
एन्सीमासले बिगत १३ बर्षदेखि अवाकसको सहयोगमा बालबालिकाको स्मरण शक्ति अभिवृद्धिमा सहयोग पुर्याउने बिभिन्न कार्यक्रम गर्दै आएको छ । देशभरका करिव एक लाख बिद्यार्थी अक्षर सुधार कार्यक्रमबाट लाभान्बित भएका छन् ।
एन्सीमासले अक्षर मनोबिज्ञान (हेन्डराइटिङ साइकोलोजी)को क्षेत्रमा पनि काम गर्दै आएको छ । अक्षर मनोबिज्ञान भनेको अक्षर लेख्ने व्यक्तिको मनोबिज्ञान पढ्नु हो ।
प्रतिक्रिया दिनुहोस्