१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


झापाको बीएन्डसी अस्पतालमा घुँडाको सफल प्रत्यारोपण


0
Shares

वुढाथोकीको घुँडा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा प्रत्यारोपण गरिएको हो । यहाँ बिहीबार (आज) आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बुढाथोकीको घुँडा डा.निराजन पराजुलीले प्रत्यारोपण गरेको जानकारी दिए ।

बुढाथोकीले अस्पतालको उपचारप्रति आफू पूर्ण सन्तुष्ट रहेको बताउँदै भनिन्, ‘भारतको सिलगढी, पञ्जाब, काठमाडौंको ग्राण्डी अस्पताल र अस्ट्रेलियामा पनि देखाएँ, मलाई घुँडा फेर्न आँट आएको थिएँन तर बी एण्ड सीमा घरकै खाना खाएर उपचार हुने भएपछि डाक्टरको सल्लाहबमोजिम घुँडा फेरे घाउ पनि निको भइसक्यो, म अहिले अत्यन्तै खुशी छु ।’

‘अष्ट्रेलियामा बसेकी छोरीकामा जाँदा त्यहाँस्थित अस्पतालमा देखाएकी थिएँ’ उनले भनिन्, ‘एउटा घुँडा फेरेको नेपाली रुपैयाँ १० लाख लाग्ने रहेछ, यहाँ त चानचुन सात लाखमा नै उपचार भयो ।’

उपचारमा संलग्न डा.पराजुलीले प्रत्यारोपण गरिने पांग्र्राको गुणस्तर हेरेर मूल्य फरक पर्ने बताए । फेरिएको घुँडाले २० वर्षसम्म काम गर्ने डा.पराजुलीले जानकारी दिए । रासस