११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


‘नेपालमा प्रेस स्वतन्त्रता’ पुस्तक सार्वजनिक


0
Shares

राजधानीमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दैै प्रधानमन्त्री देउवाले अन्य देशको तुलनामा नेपालमा बढी प्रेस स्वतन्त्रता रहेको बताए । उनले सत्य–तथ्यमा आधारित भई सूचना प्रभाव गर्न र राष्ट्रिय एकतालाई ध्यान दिन संचारकर्मीहरुलाई आग्रह गरे ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले प्रेस स्वतन्त्राता र आमसञ्चारको विकासको दृष्टिकोणबाट पुस्तक उपयोगी रहेको धारणा राखे । पत्रकारिता क्षेत्रमा गोपयनियता र सूचनाको हकको विषयमा बहस आवश्यक रहेको उनको भनाइ थियो ।

सो अवसरमा वरिष्ठ पत्रकार पी.खरेलले नेपालमा सञ्चार माध्यमको विकासक्रम र सञ्चारमाध्यमले भोगेका उतारचढावका बारेमा टिप्पणी गरेका थिए । उनले पुस्तक अनुसन्धानात्मक रहेको भन्दै पत्रकारिताका विद्यार्थीका लागि समेत उपयोगी हुने विश्वास ब्यक्त गरे ।

नेपालमा प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमको विकासक्रममा केन्द्रीत यो पुस्तकमा ६ अध्याय रहेका छन् ।