१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


झाडापखालाको समस्या देखिएपछि धामी, झाँक्रीलाई स्वास्थ्यमूलक तालिम


0
Shares

स्वास्थ्य संस्थामा भन्दा धामी झाँक्रीकोमा बिरामी गई उपचार गर्दा बिरामीको ज्यान नै गएपछि धामीझाँक्रीलाई स्वास्थ्यमूलक चेतना जगाउन बुधबार (हिजो) तालिम दिइएको हो ।

केयर नेपाल र स्वाँरा सघन गाउँ विकास केन्द्रको सहयोगमा जनचेतनामूलक कार्यक्रम गरेको बारपाक स्वास्थ्यचौकी प्रमुख अनिलकुमार शाहले जानकारी दिए । बारपाकमा ३० जना धामीझाँक्री बसोबास गर्छन् । तालिममा धामी झाँक्रीकोमा ल्याउने बिरामीलाई तुरुन्तै स्वास्थ्य संस्थामा पठाउन आग्रह गरिएको हो ।

दुई साता अघिदेखि बारपाकमा झाडापखालाको समस्या देखिएको थियो ।१५ महिने अमृत घलेको पखालाकै कारणले मृत्यु भएपछि घटना बाहिर आएको थियो ।

पखाला नियन्त्रणमा आइसकेको स्वास्थ्य चौकी प्रमुख शाहले बताए । दूषित पानीको प्रयोगले बर्षेनिजसो पखालाका बिरामी देखिन्छन् । रासस