
यहाँ मंगलबार (आज) आयोजना गरिएको ‘एचआइभी/एड्स न्यूनीकरणका लागि सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रियामा एचआइभी एड्स न्यूनीकरणका लागि कार्यक्रम धेरै सञ्चालन गरेपनि प्रभावकारी हुन नसकेको बताइएको हो ।
वीर अस्पतालका वरिष्ठ परामर्शदाता डा.सुशील शाक्यले एचआइभी/एड्स प्रभावित क्षेत्रमा मात्र कार्यक्रम सञ्चालन नभई देशभरि नै सचेतना कार्यक्रम जरुरी भएको बताए ।
उनले नेपालमा ७२ हजार एचआइभी/एड्स पीडितबाट ३२ हजारमा झारिएपनि सहरको तुलनामा कतिपय जिल्लामा बढी प्रभावित भएको हुँदा देशैभर सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै यो भाइरसको चिन्ताले संसारभरि नै सचेतना अपनाइरहेको उल्लेख गरे ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ सार्वजनिक स्वास्थ्य अधिकृत शम्भू काफ्लेले नेपालमा छिट्टै ७५ ओटै जिल्लामा सेवा सञ्चालन गरी एचआइभी एड्स न्यूनीकरण अभियान सञ्चालन गर्ने जानकारी दिए ।
दिगो विकासको लक्ष्यअनुसार सन् २०३०सम्म एचआइभी/एड्सको महामारी विश्वबाटै उन्मूलन गर्ने लक्ष्यअनुरुप नेपालमा पनि सोही तरिकाले न्यूनीकरण गर्ने तयारी भइरहेको उनले बताए । रासस
प्रतिक्रिया दिनुहोस्