११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


मैथिली स्रष्टा तथा संस्थालाई ‘विद्यापति पुरस्कार’ प्रदान


0
Shares

विद्यापति पुरस्कार कोषले मंगलबार (आज) राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पुरस्कृत गरेकी हुन् ।

मैथिला नाट्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै मिथिला नाट्य परिषद्लाई २ लाख नगदसहित पुरस्कृत गरिएको छ । मैथिली भाषा अनुसन्धान पुरस्कारवाट डा.बीरेन्द्र पाण्डेलाई पुरस्कृत गरियो भने मैथिली पाण्डुलिपी पुरस्कार अवधेश कुमार पोखरेल जनकपुरियालाई प्रदान गरिएको छ ।

यस्तै, मैथिली अनुवाद साहित्य पुरस्कारवाट मुरलीधर मिजारलाई पुरस्कृत गरिएको छ । मैथिली कला संस्कृती पुरस्कार नविन कुमार मिश्रलाई प्रदान गरिएको छ । यी चारओटै पुरस्कारको राशी १-१ लाख रुपैयाँ रहेको छ ।

कार्यक्रममा राष्ट्रपती भण्डारीले सम्मानले मैथिली भाषा साहित्यको संरक्षणमा सहयोग पुग्ने बताइन् ।

सो अवसरमा सहभागीहरुले मैथिली भाषामा लेखिएका प्राचीन लेख रचनालाई नेपाली भाषामा समेत अनुवाद गरी राष्ट्रिय अभिलेख राख्नुपर्ने बताएका थिए ।