९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


डा. केसीको अनशनलाई कवितामार्फत् ऐक्यबद्धता


0
Shares

काठमाडौं, माघ १८ । जनकवि दुर्गालाल श्रेष्ठले डा. गोविन्द केसीको अनशनलाई कवितामार्फत् ऐक्यबद्धता जनाएका छन् ।

उनले ‘डा. गोविन्द केसी’ शीर्षकमा कविता लेखेर अनशनमा समर्थन र ऐक्यबद्धता जनाएका हुन् ।

जनकवि श्रेष्ठले कवितामार्फत् सदनलाई ‘भट्टी’को संज्ञा दिँदै ‘बहुमतको मात र रक्सीबाजहरुको जात’ भनेर कडा अभिव्यक्ति दिएका छन् ।

यस्तो छ कविता

डा. गोविन्द केसी

सदन अहो ! यो कस्तो भट्टी

चढ्छ जहाँ बहुमतको मात !

कति निर्मम, कति निष्ठुर बाबा

रक्सीबाजहरूको जात ! 

 

ख्वै, गणतन्त्र कहाँ छ यहाँ ख्वै ?

के यो नै हो समतावाद ?

मानवताकै आत्माको यो

हो कि कसो ए अन्तिम म्याद ! 

 

ए आमाको प्यारो छोरो

डा. गोविन्द प्रणम्य तिमी !

अन्तिम सासैमात्र छ बाँकी

तैपनि कति निश्चिन्त तिमी ! 

 

तर, मेरो विश्वास यही छ

मर्दैनौ गोविन्द तिमी !

बाँच्नेछौ नेपाल बचाइ

वीर अनन्त अनन्त तिमी !

जनकवि दुर्गालाल श्रेष्ठ ।