
झापा, माघ १८ । नेपाल र भारतको वर्तमान साहित्यिक अवस्थाका विषयमा छलफल गर्न झापाको बिर्तामोडमा शुक्रबारदेखि दुईदिने ‘मितेरी साहित्यिक सम्मेलन’ सुरु भएको छ ।
भारतका २५ र नेपालका १५० भन्दा बढी साहित्यकार सम्मिलित सम्मेलनको प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे ।
सम्मेलनमा नेपाल र भारतका साहित्यकारहरुले विभिन्न शीर्षकमा कार्यपत्र प्रस्तुत् गर्ने र सोही कार्यपत्रका विषयमा छलफल गरिने आयोजक भवानी घिमिरे साहित्यिक प्रतिष्ठानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्