
ती संस्थाहरुले सोमबार (आज) संयुक्त विज्ञप्ति जारी गर्दै मेरिट लिस्टको आधारमा विद्यार्थी भर्ना गर्नू भन्ने सर्वोच्चको आदेश कार्यन्यन गर्न माग गरेका हुन् ।
सर्वोच्चको आदेश विपरित भर्ना लिएका कलेजहरुलाई कडा कारवाहीको मागसमेत उनीहरुले गरेका छन् । चिकित्सा शास्त्र अध्ययन संकाय डिनको कार्यलयको पटक–पटकको सुचनालाई लत्याएर निजी कलेजहरुले मनपरी रुपमा विद्यार्थी भर्ना गराउन थालेपछि सर्वाेच अदालतले मेरिट लिस्टको आधारमा नै विद्यार्थी भर्ना गर्नु भन्ने आदेश दिएको थियो ।
मेरिट लिस्टमा परेका चिकित्सकहरुले भर्ना नपाएपछि शुरु गरेको आन्दोलनमा पनि आफूहरुको समर्थन रहनेपनि ती संस्थाहरुले जनाएका छन् ।
विज्ञप्ती जारीगर्ने संस्थाहरुमा डक्टर्स सोसाइटी नेपाल, रेजिडेन्ट डक्टर्स एशोसियसन, मेडिकल स्टुडेन्ट एशोसियसन, सोलिडारिटी फर केसी एलायन्स लगायत रहेका छन् ।
यो पनि पढ्नुहोस्
मेरिटलाई पन्छाएर किन कमजोरलाई बेचिन्छ डाक्टरी सर्टिफिकेट ?
प्रतिक्रिया दिनुहोस्