
काठमाडौं, माघ १८ । एनसेलले ‘भ्यालेन्टाइन अफर’ योजना ल्याएको छ ।
यो योजनाअन्तर्गत् ग्राहकले आफूले छानेको एउटा विशेष एनसेल नम्बरमा प्रतिमिनेट करबाहेकमात्र ५० पैसामा कुरा गर्न सक्नेछन् ।
शुक्रबारदेखि लागू यो अफर आगामी फागुन १६ गतेसम्म सन्चालन हुने कम्पनीले जनाएको छ ।
यो सेवा लिने ग्राहकले थप १०० ओटा एसएमएस निःशुल्क पठाउन पाउने पनि कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्