
काठमाडौं, माघ १८ । कन्चन स्काई डिजिटलले ‘एमआइडीएस’ प्रविधिमा आधारित अत्याधुनिक प्रविधिको ‘वायरलेस टीभी’ बजारमा ल्याएको छ ।
कन्चन स्काई टीभीले ३० ओटाभन्दा बढी नेपाली च्यानलहरुका साथै विदेशी निःशुल्क च्यानलहरु पनि प्रसारण गर्ने जनाएको छ ।
कम लगानीमा नै हरेक नेपालीहरुको सूचना तथा मनोरन्जनमा पहुँचका लागि हरेक नेपालीको घर–घरमा टीभी पुर्याउनसकिने हुनाले आफहरुले यो प्रविधि नेपालमा भित्र्याएको कम्पनीका अध्यक्ष शिवओम अधिकारीले बताए ।
१५०० रुपैयाँमा जडान गरिसकेपछि वर्षमा एकपटक नवीकरणमात्र गरे पुग्ने र मासिकरुपमा शुल्क तिरिरहनु नपर्ने भएकाले यो प्रविधि नेपालका लागि सुहाउँदो भएको कम्पनीको दाबी छ ।
यो अत्यन्त सफल प्रविधि रहेको कम्पनीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्