
नेपाल टेलिकमले साइबरनेटिक्सको सहकार्यमा बसलगायतका सार्वजनिक सवारी–साधनमा एनटी बस इन्टरनेट सेवा सुरु गर्न लागेको हो ।
मुलुकभर सन्चालन हुने लामो तथा छोटो दूरीका सवारी–साधनहरुमा यात्रा गर्ने यात्रीहरुले इन्टरनेट सेवा सहजरुपले प्रयोग गर्न सकून् भन्ने उद्देश्यले टेलिकम र साइबरनेटिक्स प्रालिकाबीच एनटी बस इन्टरनेट सन्चालन सम्बन्धमा केही दिनअघि सम्झौता सम्पन्न भएको थियो ।
सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय र साइबरनेटिक्सका तर्फबाट अध्यक्ष जेम्स न्याछ्योंले हस्ताक्षर गरेका छन् ।
एनटी बस इन्टरनेट सेवा मुलुकका ७५ ओटै जिल्लामा सन्चालन हुने लामो तथा छोटो दूरीका सवारी–साधनहरुमा प्रयोग गर्न सकिनेछ ।
यो डब्लुसीडीएमए वा सीडीएमए प्रविधिबाट सन्चालन हुने भएकाले नेपाल टेलिकमको सीडीएमए नेटवर्क भएको जुनसुकै ठाँउमा पनि यो सेवा लिन सकिनेछ ।
यसका लागि बस कम्पनीहरुले साइबरनेटिक्स प्रालिसँग सम्पर्क गरी सो सुविधा प्राप्त गर्नुपर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्