
जावलाखेलस्थित सो अस्पतालले विपन्न परिवारका बिरामीको उपचारमा उक्त रकमलाई सदुपयोग गर्ने जनाएको छ ।
सरकारले उपलब्ध गराउँदै आएको रु एक लाख बराबरको उपचार सेवासमेत अस्पतालले निःशुल्क प्रदान गर्दै आएको छ ।
अस्पतालका अध्यक्ष डा. मदनकुमार पियाकाअनुसार अस्पतालले त्यहाँ उपचारका लागि आउने गरिब परिवारका बिरामीलाई निःशुल्क उपचारसमेत गराइएको जानकारी दिए ।
सोही अस्पतालद्वारा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करिब ८०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
विशेषगरी क्यान्सर रोगीका लागि लक्षित गरिएको उक्त शिविरमा अधिकांशले स्तन, पाठेघर, पेटका रोगीले अर्बुद (क्यान्सर) रोगसँग सम्बन्धित सबै परीक्षण गराएका छन् ।
अर्बुद (क्यान्सर) रोगको निःशुल्क परीक्षण गर्ने सूचना पाएपछि काठमाडौं उपत्यका तथा त्यस वरपर क्षेत्रबाट अस्पतालमा सेवा लिन आउनेको भीड लागेको थियो ।
उक्त शिविरमा थाइराइड, मधुमेह, स्त्री रोग, जनरल सर्जरी, नाक, कान घाँटीलगायतको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिएको अस्पतालका अध्यक्ष डा. पियाले जानकारी दिए ।
शिविरमा पाठेघर तथा अर्बुद रोगका पहिचानका लागि गरिने मेमोग्राम तथा रगतको परीक्षणमा ३० देखि १०० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो ।
अस्पतालमा बिरामी ढिलो आउने हुँदा उपचारमा समस्या हुने गरेको चिकित्सकको भनाइ छ ।
प्रत्येक वर्ष अस्पतालले समुदायमा अर्बुद रोगका बारेमा जनचेतना फैलाउन कम्तीमा पनि तीनपटक बृहत् रुपमा स्वास्थ्य शिविर सन्चालन गर्दै आएको अस्पतालका व्यवस्थापक प्रभुराज वैद्यले जानकारी दिए ।
काठमाडौं उपत्यका तथा अन्य ग्रामीण भेगमा पनि अस्पतालले अर्बुद रोगकाबारेमा चेतना फैलाउने कार्य गर्दै आएको छ ।
यसैबीच, सो अस्पतालले मेनोपज सोसाइटी अफ नेपाल नामक स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थासँग समन्वय गरी आगामी असोजदेखि स्त्री रोग तथा महिनावारी रोकिएका महिलालाई आउने समस्याकाबारेमा परामर्श तथा उपचार सुरु गर्ने समझदारी गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्