
यसैगरी, भोजपुरका सुवास राई ‘क्याप्टेन’ ‘फरक’ शीर्षकका कविताका लागि द्वितीय तथा दाङका दीपेन्द्र उपाध्याय (लोकतन्त्र), काभ्रेपलाञ्चोककी उर्मिला कोइराला (उज्यालोको आत्मकथा) र काठमाडौंकी अमृता स्मृति (फूलहरु जान्दैनन् युद्ध गर्न) तृतीय भएका छन् ।
विजेतालाई क्रमशः रु ३० हजार, रु २५ हजार र रु २०/२० हजार नगदसहित सम्मानपत्र राष्ट्रपतिको हातबाट प्रदान गरिनेछ ।
महोत्सवमा देशभरबाट ३२ प्रतियोगी तथा २० अप्रतियोगी कवि सहभागी थिए ।
देशका विभिन्न जिल्लाबाट २२९ कविता प्रतियोगिताका लागि प्राप्त भएको महोत्सवका संयोजक प्राज्ञ डा. अमर गिरीले जानकारी दिए ।
प्रज्ञा–प्रतिष्ठानबाट वि.सं. २०२२ देखि आफ्नो जन्मोत्सवका दिन कविता महोत्सव गरिँदै आएको छ ।
महोत्सवमा रेशम विरही, अशेष मल्ल, बेन्जु शर्मा, कृष्ण प्रसाईं, गोपाल अश्क, रमेश पौडेल, विमला तुम्खेवा, निलम कार्की ‘निहारिका’, सुरेश हाँचेकाली पूर्ण इन्फादा, हरिमाया भेटवाललगायत अतिथि कवि र असिम सागर, सुनिता खनाल, एपी सुमन, राधिका पन्त देवकोटा, मेनका चापागाईं ‘मेनु’लगायत प्रतियोगी कविले राष्ट्रप्रेम, नारीशक्ति, साम्राज्यवाद र युद्धको विरोध, सम्पन्न र विपन्नको खाडल, वैदेशिक रोजगारीको पीडा, लोकतन्त्रको रक्षा, भूकम्प सुरक्षाबाटलगायत विषयमा आफ्ना अभिव्यक्ति दिएका थिए ।
सो अवसरमा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले कविहरुले आफ्ना सिर्जनामार्फत् देशको विविध वस्तुस्थिति झल्काएको बताए । रासस
प्रतिक्रिया दिनुहोस्