७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


इन्जिनियरिङमा उत्कृष्ट अंक हासिल गर्ने १६ विद्यार्थीलाई एनसेलद्वारा छात्रवृत्ति प्रदान


0
Shares

एनसेलले सोमबार राजधानीमा कार्यक्रम गरी छात्रवृत्ति प्रदान गरेको हो ।

एनसेल छात्रवृत्ति अवार्ड विधामा १२ जना र एनसेल उत्कृष्टता अवार्ड विधामा ४ जना विद्याथीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

दुबै विधाका विद्यार्थीलाई जनही एक लाख रुपैयाँ रकमको छात्रवृत्ति प्रदान गरिएको हो ।

कार्यक्रममा एनसेलका प्रमुख कानुन अधिकृत अम्बर थापा, प्रणयराज आर्चाय र त्रिभुवन विश्वविद्यालयका प्रा.डा. त्रिरत्न बज्राचार्यले छात्रवृत्ति प्रदान गरेका थिए ।

एनसेलले इन्जिनियरिङमा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई २०७१ सालमा यस्तो पुरस्कार स्थापना गरी छात्रवृत्ति प्रदान गर्दै आइरहेको जनाएको छ ।