१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


योग दिवस असार ७ गते, प्रधानमन्त्री देउवाको उपस्थितिमा योगाभ्यास हुने


0
Shares

शिक्षा मन्त्रालय र पतञ्जलि योगपीठले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी असार ७ गते प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रियसभागृहमा बिहान ५ देखि ७ बजेसम्म योगाभ्यास सन्चालन हुने जानकारी दिइयो ।

शिक्षा मन्त्रालय मूल आयोजक रहेको उक्त कार्यक्रममा सार्क राष्ट्रका राजदूतहरुकोसमेत समभागिता रहने जनाइएको छ ।

सो अवसरमा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले योग दिवसका दिन सबै विद्यालयहरुमा पनि योगशिक्षाबारे जानकारी दिने र योगकक्षासमेत सन्चालन गराउने बताए ।

यस्तै, शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले योगाभ्यासले मानिसलाई शारीरिक र मानसिकरुपमा स्वस्थ रहन मद्दत पुर्‍याउने सन्देशलाई आमजनतामा पुर्‍याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा भारतीय राजदूत मन्जिवसिंह पुरीले जीवनशैली र खानपानका कारण तनावपूर्ण जीवनयापन गरिरहेका मानिसलाई योगाभ्यास निकै उपयोगी हुने बताए ।

पतञ्जलि योगपीठ नेपालका अध्यक्ष शालिग्राम सिंहले योगले नै विश्वभरका मानिसलाई एकसूत्रमा बाँध्न सकेको दाबी गरे ।